४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नयाँ नक्शा जारी भयो, अब अन्तर्राष्ट्रियकरण गरौं : दुर्गा पौडेल (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय जनमोर्चाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नु स्वागतयोग्य कदम भएको बताउनुभएको छ । आफुहरुले लामो समय देखि अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने माग गर्दै आएको भन्दै सरकारले अब भूमिनै फिर्ता ल्याउने गरी कदम चाल्नुपर्ने बताउनुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको मंगलबार विहान प्रशारित कार्यक्रम समय संवादको सिमा संवाद बहसमा बोल्दै पौडेलले नेपालको भूमिमा भारतले सडकनै खनेको भन्दै सजिलो गरी नेपाली भूमि फिर्ता गर्ला भन्ने नलागेको भन्दै आशंका व्यक्त गर्नुभयो ।

देशको राष्ट्रियताको सवाल कुनै दल, कुनै गुटको मात्र नभएर सिंगो देशको भएकोले सबै एकजुट भएर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपालमा जारी नयाँ नक्साले सारा विश्वमा अर्को सन्देश दिएको भन्दै उहाँले यो मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो । सजिलो गरी भारतले भूमि फिर्ता नगर्ने भन्दै विश्वको जनमत बटुल्दै मिचिएको भूमि फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प नभएको उहाँले धारणा थियो ।

भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि भैरहेका दबाबमूलक कार्यक्रमलाई राज्यले दमन गर्ने गरेको भन्दै यो कदम तत्काल रोक्न नेतृ पौडेलले माग गर्नुभएको छ । आन्दोलनले देशको जनमत एक हुने र यसले भारत लगायत सिंगो विश्वलाई दबाब सिर्जना गर्न सजिलो हुने भएकाले नेपालमा हुने आन्दोलनलाई सरकारले दमन गर्न नहुनेमा जोड दिनुभयो । यद्यपि अहिलेको कोरोनाबाट बच्न सामाजिक दुरी कायम गरेर आन्दोलन गर्न उहाँको सुझाव छ ।

पौडेलसंगको थप कुराकानी सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  २ : ४६ बजे