१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अपडेटः महाराजगञ्जमा पहिलो पटक ९ जनामा कोरोना देखियो, विजयनगरका तीन जना



मायोदवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् । नगरपालिकाका ९ जनामा बुधबार कोरोना पुष्टि भएको हो । बुधबार नै विजयनगरका थप ३ जनामा कोरोना देखिएको भरपर्दो स्रोतले मायादेवी अनलाइनलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार आज बुधबार विहान भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जना कोरोना संक्रमित थपिएका हुन् । यससंगै जिल्लामा कोराना संक्रमित हुनेहरुको संख्या ५९ पुगेको छ भने यससंगै जिल्लाका १० पालिकामा नै कोरोना फैलिएको छ । साथै रुपन्देहीका १ जनामा पनि आजै कोरोना देखिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ११ : २१ बजे