१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा तीन सय ९७ जनाको स्वाब संकलन गरी पठाइयो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा बुधवार ३ सय ९७ जनाको स्वाब संकलन गरी पठाईएको छ । जिल्लाका ५ पालिकाबाट स्वाब संकलन गरी पिसीआर परिक्षणका लागि ३ छुट्टा छुट्टै स्थानमा पठाईएको हो ।

कपिलवस्तु नपामा १ सय २१, शिवराज नपामा १ सय, कृष्णनगर नपामा १ सय ५, मायादेबीमा ६७ र शुद्धोधनमा चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

कपिलवस्तु र कृष्णनगरको भैरहवा, शिवराजको काठमाडौं, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परिक्षणका लागि स्वाब पठाईएको हो ।

यस्तै बुधबार मायादेवीमा १ सय ८, महाराजगञ्जमा ८०, शुद्धोधनमा ५० जनाको र्यापिट टेस्ट गरिएको छ । हालसम्म जिल्लामा १७ सय ३९ जनाको स्वाब संकलन भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ९ : ३४ बजे