८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लायन्स क्लवले चार नम्बरमा खडा गर्‍यो हात धुने पानी ट्याङ्की



मायादेवी अनलाइन, चार नम्बर ।
लायन्स क्लव अफ कपिलवस्तुले बाणगंगा ४ जितपुरमा विहीबार सार्वजनिक हात धुने वाटर ट्याङ्की खडा गरेको छ । विश्वभर कोरोना भाइरसको महामारी रहेको अवस्थामा यसबाट बच्नको लागि हात धुने शर्त अनिवार्य भएकाले जितपुरमा ट्याङ्की खडा गरिएको हो ।

गजेहडा भूपु सैनिक खानेपानीका अध्यक्ष राजकुमार खाँणले विहीबार हात धोएर सो ट्याङ्कीको उद्घाटन गर्नुभयो । जितपुरमा सार्वजनिक स्थलमा यस्तो खाले ट्याङ्की नहुँदा किनमेल र अन्य काममा आएका मानिस बिभिन्न कुराहरु छोएर त्यसै हिँड्ने गरिरहेकोमा त्यसले कोरोना सर्ने डर भएकोले सबैलाई त्यसस्थानमा रहेको ट्याङ्कीमा गएर हात धु्न पनि क्लवका अध्यक्ष कुमार खड्काले अनुरोध गर्नुभयो ।

पानी ट्याङ्की उद्घाटनमा क्लवका संस्थापक अध्यक्ष कृष्ण केसी, बर्ष २०२० का निर्वाचित अध्यक्ष सुरेन्द्र घिमिरे, सचिव राम बहादुर पौडेल, कोषाध्यक्ष राम शुभागे थारुका साथै क्लवका सागर घिमिरे, दामोदर पन्थी, झविन्द्र भट्टराई, शान्ताराज गैरे, नारायण पौडेल, विष्णु घिमिरे लगायतको सहभागिता थियो । यो कार्यलाई जितपुरका स्थानीयले पनि राम्रो काम भनेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ३२ बजे