८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जेठ १० मा प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम यही जेष्ठ १० गते आउँने भएको छ । विहीबार बसेको मन्त्रीपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रीपरिषद बैठकले जेठ १५ गते पर्ने गणतन्त्र दिवसमा दिपावली गर्न प्रदेशबासीमा अनुरोध गरेको छ ।

तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने, आइसोलेसन केन्द्रमा पिसीआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने, आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने लगायतको निर्णय पनि आजको बैठकले गरेको छ ।

यस्तै प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने पनि मन्त्रीपरिषद बैठकले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : २३ बजे