रेडियो   टिभी

कपिलवस्तुमा थपिएका ९ जना कोरोना संक्रमित यी स्थानीय तहका हुन (ठेगानासहित)


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खर दिएको जानकारी अनुसार वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा गरी ९ जना संक्रमित थपिएका हुन् । जसमा वाणगंगाका ५, मायादेवीका ३ र कपिलवस्तुका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका वडा नं ७ का ५३ बर्षीय, वडा नं. ५ का २७ बर्षीय, वडा नं. १० का २५ बर्षीय, वडा नं. ८ का २४ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ४ की ८ बर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।

यस्तै मायादेवी गाउँपालिकामा ३ जना थपिएका छन् । यी थपिएका मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ बर्षीय, वडा नं. ५ का ३४ बर्षीय र ३६ बर्षीय दुई जना पुरुष रहेका छन् ।

यता कपिलवस्तु नगरपालिकामा पनि एक जना थपिएका छन् । यी वडा नं. ३ का २९ बर्षीय पुरुष रहेका छन् ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा सबैमा कोरोना देखिएको हो ।

कोरोना देखिएका मध्ये यशोधरा गाउँपालिमामा १२ जना, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा ९ जना, कृष्णनगर नगरपालिकामा ८, बुद्धभूमि नगरपालिकामा ४ जना, शिवराज नगरपालिकामा ३ जना रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिकामा ११ जना, विजयनगर गाउँपालिकामा ४, शुद्धोधन गाउँपालिकामा २ र वाणगंगा नगरपालिकामा ६ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस