८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नयाँ नक्सालाई बैधानिकता प्रदान गर्न संबिधान संशोधन गर्ने तयारी



काठमाडौँ ।
सरकारले जारी गरेको नयाँ नक्सालाई बैधानिकता प्रदान गर्न संबिधान संशोधनको प्रस्ताव संसदमा लैजाने भएको छ । मन्त्रिपरिषदको आजको बैठकले संबिधानको अनुसुचिमा रहेको निशान छापमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको नयाँ नक्सा अनुमोदनका लागि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए।

सरकारले यही जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

मन्त्रिपरिषदले स्विकृति दिएर सरकारले नक्सा सार्वजानिक गरेपनि नेपालको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको थिएन।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  १ : ३५ बजे