रेडियो   टिभी

मुस्लिम समुदायको ईद-उल-फित्रका दिन सार्वजनिक बिदा


काठमाडौं ।
मुस्लिम धर्मावलम्बीको पर्व ईद-उल-फित्रका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले सरकारले सो दिन बिदा दिने निर्णय गरेको बताए ।

‘यो सैद्धान्तिक निर्णय हो । इस्लाम धर्मगुरूहरूले कुन दिन उपयुक्त हुन्छ भनेर तय गरेर उहाँहरूले तोकेपछि सोही दिन दिइने छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस