रेडियो   टिभी

Breaking News-वाणगंगाका एक वडाध्यक्षमा कोरोना देखियो, फेरी एक जना संक्रमित पत्रकार थपिए


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका एक जना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य कार्यालय कपिलवस्तुले देखिएको जानकारी अनुसार एक जना वडाध्यक्षमा कोरोना देखिएको हो ।


उनी वाणगंगा नगरपालिकाका रहेका छन् । साथै पुनः कपिलवस्तुमा अर्का एक जना पत्रकार पनि संक्रमित थपिएका छन् ।

शुक्रबार मात्र दुई जना पत्रकारलाई कोरोना देखिएको थियो । शनिबार थप ८ जना संक्रमित थपिए मध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोलक पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस