८ असार २०८३, सोमबार | Mon Jun 22 2026

स्वास्थ्य मन्त्रालय भन्यो-लामखुट्टेले कोरोना सार्दैन



काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना भाइरसको संक्रमण नहुने जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले लामखुट्टेको टोकाइबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको अहिलेसम्म प्रमाणित नभएको बताएका हुन् ।

त्यस्तै, आयुर्वेदिक औषधिले कोरोना भाइरसको उपचार नहुने तर रोग प्रतिरोधात्मक शक्ति भने बढ्ने पनि डा. देवकोटाले जानकारी दिए ।

डा।देवकोटाका अनुसार खोक्दा वा हाछिउँ गर्दा त्यसबाट निक्लेका थुकका छिटाबाट भने कोरोना भाइरस सर्छ।

त्यसैले आफूलाई जोगाउन बारम्बार हात धुने र मास्कको प्रयोग गनुपर्ने उनको भनाइ छ।

यस्तै उनले आयुर्वेदिक औषधीहरुबाट कोरोना भाइरसको उपचार हुन्छ भन्ने कुरामा सत्यता नभएको जानकारी दिए । यद्यपि आयुर्वेदिक औषधीहरुले मानिसको शरीरमा रोगसँग लड्ने शक्ति बढाउन मद्धत गर्ने उनले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ५ : २३ बजे