४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नीति तथा कार्यक्रम उत्कृट, बजेट ल्याएर कार्यान्वयन तर्फ जोड दिनुपर्छ (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ का सांसद विष्णु पन्थीले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गर्नुभएको छ । अहिलेको विषम परिस्थितीलाई समेटेर नीति तथा कार्यक्रम आएको भन्दै अब बजेट विनियोजन गरेर कार्यान्वयन तर्फ जोड दिनुपर्ने धारणा राख्नुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष रेडियो संवाद कार्यक्रममा सोमबार विहान कुराकानी गर्दै सांसद पन्थीले ल्याएको बजेटको सोही कार्यान्वयन गर्न सके विकासको काम तीव्र हुने जिकिर गर्नुभयो ।

कोरोनाको कारण हजारौं युवाहरु बेरोजगार रहेको बताउँदै उहाँले प्रदेश सरकारको नीति कार्यक्रममा यी बेरोजगार युवालाई रोजगार दिने खालको आएको जानकारी दिनुभयो । विदेशबाट फर्कने युवा र विदेश जान नपाएका युवा रोजगार नपाएर तड्पिने अवस्था आउने भन्दै त्यसको लागि प्रदेश सरकारले स्वरोजगारका कार्यक्रम ल्याएको बताउनुभयो ।

नेपालमा कृषिजन्य पदार्थको आयात बढीरहेको बेला अब त्यसलाई रोक्न तर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा लगाएर रोजगारी सिर्जना गर्ने र देशलाई कृषिमा आत्मनिर्भर बनाउने गरी प्रदेश सरकारले नीतिमा उल्लेख गरेको उल्लेख गर्नुभयो । ‘प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । त्यही अनुसार बजेटर आएर पूर्ण कार्यान्वयन भयो भने राम्रो सफलता हासिल गर्न सक्छौं, सांसद पन्थीले भन्नुभयो, ‘बजेटको पूर्ण कार्यान्वयन नै अहिलेको चुनौती हो ।’

सांसद पन्थीसंगको कुराकानी सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ११ : २६ बजे