१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नवराज हत्या प्रकरणः ‘मानव जातिमाथि कै बर्बरता’ अभियान्ता शुष्मा बराली (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
अभियान्त तथा लेखक शुष्मा बरालीले देशमा कानुन हराएको बताउनु भएको छ । दिनप्रतिदिन हत्या, हिँसा, बलात्कार, छुवाछुत र भेदभावजस्ता सामाजिक विकृति सिर्जना गर्नेहरुलाई कानुनी छुट भइरहेको स्मरण गर्दै राज्यमा अहिले कानुन हराएको उहाँले बताउनु भएको हो ।

हालै रुकुम पश्चिममा भएको नवराज विकको हत्या प्रकरणको विषयमा सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले बुधबार प्रसारण गरेको कार्यक्रम समय संवादसंग कुरा गर्दै बरालीले रुकुम पश्चिममा विक थर गाँसिएका नवराजलाई अन्र्तजातीय प्रेम सम्बन्ध गाँसेकै भरमा समाजले भेरी नदीमा हाम फाल्न बाध्य बनाएको बताउनु भयो । उहाँले भन्नुभयो–“यो सिंगो मानवजातिकै बर्बरता हो । यो अक्षम्य अपराध हो ।”

यो घटनाले नेपालमा जातीय विभेदले कुन हदसम्म जरा गाडेर बसेको छ भन्ने छर्लङ्ग भएको भन्दै सबै जातीय बादहरुको अन्त्य नहुँदासम्म मुलुकमा समता कायम नरहने स्पष्ट पार्नुभयो । उहाँले यस्ता समाजका कलंकमाथि हँदैसम्म कारबाही माग गर्दै घटनामाथि राजनीति नगर्न चेतावनीसमेत दिनुभएको छ ।

बाँकी कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ७ : ५६ बजे