१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पशुले बलात्कार गर्दैन, मान्छे पो बलात्कारी भयोः गगन स्वामी (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
ओशो साधक गगन स्वामीले लक डाउनको बीचमा आत्महत्या, हत्या, हिंसा, बलात्कार र बिभिन्न आपराधिक गतिविधि बढ्नुको मूल कारक अहंकार र राज्यको शिक्षा पद्धती भएको बताउनु भएको छ ।

कोरोनाको महामारी नियन्त्रण गर्न विश्वभर अबलम्बन गरिएको लक डाउन र यसले मानव मनमा उब्जाएका विकृत मानसिकताका बिषयमा सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको दैनिक कार्यक्रम समय संवादसंग विहीबार कुराकानी गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

रुकुम पश्चिममा भएको नवराज विक हत्या र रुपन्देहीमा एक १३ बर्षीया बालिकालाई बलात्कारीको श्रीमती बनाएर पठाएपछि शव रुखमा भेटिएको प्रसंग निकाल्दै स्वामी गगनले मानिस पशुभन्दा पनि निकृष्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो “मानिसमा अहंकार यति तीव्र गतिमा बढ्यो कि पशुसंग पनि तुलना गर्न मिल्दैन । पशुबाट मानिस बनेपनि पशु सभ्य भएको तर मानिस त्यसबाट च्यूत भएको छ । मैले पशुले बलात्कार गर्यो भनेर जानेको छैन, मानिसहरु बलात्कारी भए ।”

उहाँले देशभर बालिका, नाबालिका बलात्कार ब्याप्त भएकाले त्यसको प्रमाण यिनै घटना भएको बताउनु भयो । यो सबैको दोष राज्यको शिक्षा प्रणाली भएको भन्दै वर्तमान शिक्षाको सबै पद्धती परिवर्तन नगरेसम्म यस्तो श्रृङ्खलाको अन्त्य नहुने उहाँको विश्लेषण छ ।


स्वामीसंग लिइएको अन्तर्वार्ता सुन्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ३ : ०२ बजे