१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सरकारले छुट्यायो कोरोना रोकथाम तथा उपचारको लागि ६ अर्ब बजेट



काठमाडौं ।
कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए ।

त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ यस शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने भएको छ । साथै काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने भएको छ ।

यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ । यस्तै पोखरा, कोसी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : १३ बजे