१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुकुम पश्चिम घटनाप्रति कांग्रेस कपिलवस्तुको घोर भर्त्सना



मायादेवी अनलाइन, तौलिहवा ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा शनिबार भएको घटनाको बारेमा नेपाली कांग्रेस कपिलवस्तुले घटना अत्यन्तै निन्दनीय र मानवता विरोधी भएको भन्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

२१ औं शताब्दीमा जातीय भेदभावको कुरा उठान गरी हत्या गर्ने कार्यले सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति पनि पश्न चिन्ह खडा भएको जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वडा अध्यक्ष लगायतले सांघेतिक हमला गरी हत्या गरेको घटनाले दलित समुदाय मात्र नभएर सबै समुदायप्रति दुख र पीडा थपेको आचार्यले उल्लेख गर्नुभएको छ ।

२१ औं शताब्दीमा दलित समुदायले अन्र्तरजातीय विवाह गर्न खोज्दा यस प्रवृत्तिको ज्यानै गुमाउने गरी घटना घट्नु अत्यन्त निन्दनीय भएको जनाइएको छ ।

घटनाको सत्य तथ्य छानविन गरी नेपालको सविधान र कानुन बमोजिम दोषीलाई हदै समेतको कारवाही गरी पीडितलाई न्याय, क्षतिपुर्ती र सामाजिक सुरक्षा कायम गर्न सरकारसंग पार्टीले माग गरेको छ । घटनालाई सरकार पक्षले ढाकछोप गरी आत्म हत्या जस्ता विषयहरु उठान गरेको सुन्न आएकोमा त्यस्ता राजनैतिक दबावमा सत्य सत्य बाहिर नआएमा नेपाली कांग्रेस आन्दोलनमा उत्रने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै मृतक आत्मा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तब्ध परिवारजन प्रति हार्दिक समवेदना प्रदान गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । हालसम्म ५ जनाको शव प्राप्त गरिएको १ जना अझै वेपत्ता र दर्जनांै घाइते रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : ४३ बजे