२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नेकपा सचिवालय बैठकले एमसीसीबारे ठोष निर्णय लिन सकेन



काठमाडौँ ।
आफ्नो पार्टीभित्र लामो समयदेखि पेचिलो बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता लाई लिएर नेकपाले शनिबार पनि ठोष निर्णय गर्न सकेन ।

शनिबार बालुवाटारमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित नेकपा सचिवालय बैठकले एमसीसीबारे ठोष निर्णय गर्न नसकेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीकाबारेमा समग्रतमा छलफल गरेर छिट्टै निर्णय गर्ने सहमति भएको बताउनुभयो ।

उहाकाअनुसार बजेटमा एमसीसी सम्झौता संसदमा विचाराधीन रहेकाले संसदले त्यो अनुमोदन गरेको अवस्थामा कार्यान्वयन हुने र अनुमोदन नगरे कार्यान्वयन नहुने भन्नेबारे अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै संसदमा स्पष्ट पार्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  १ : ५७ बजे