२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव बैठकमा लगिएको थियो ।

उक्त प्रस्ताव स्विकृती गर्दै बैठकले संविधान संशोधनकै पक्षमा निर्णय लिएको केन्द्रिय सदस्य अतहर कमालले बताउनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ६ : ११ बजे