५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

कोरोना युद्धका कृष्ण–अर्जुन, डाक्टर र प्रहरी



डा. प्रकाश गुप्ता ।
ज्यानलाई जोखिममा राखेका प्रत्येक स्वास्थ्यकर्मीलाई गरौँ सलाम !!
अब घरमा बसेर गरदिनु होला यो उपकार, छ तपाईलाई नि मेरो सलाम !!
आँखाले नदेखिने यी दुश्मनले चिन्दैनन धर्म र जाति, हुन कोभिड प्रजाति !!
बनोस भ्याक्सिन सकियोस क्वारेन्टीन, यो युद्धमा जित्ने छन सारा मानव जाति !!

डाक्टर, अहिलेका आईरनम्यान, स्पाईडरम्यान जसका हुदैनन बहाना !!
सेतो कोट र घाँटीमा बेरेको माला, यिनै हुन उनका गहना !!
छैन हतियार, छैन पर्खाल रोकिने छैनन उनका प्राहार !!
कोरोनासँग लड्ने यी योद्धामाथी कहिल्यै नगर तिरस्कर !!

अनेकौँ कर्मचारी मध्य एक सच्चा कर्मचारी हुन प्रहरी !!
कोरोनाको कहरमा दिनरात खटेका हुन प्रहरी !!
आफ्ना ती लट्ठीले भएनी देशलाई जोगाउन लागेका हुन प्रहरी !!
भूकम्प, बाढी अत्याचार या होस महामारी पछाडी नहट्ने हुन प्रहरी !!

सशस्त्र हुन या नेपाल प्रहरी, देशका लागि छन् आभारी !!
देशका लागि दिए रगत, भए सहिद, र रहे अमर, महान छ जिम्मेवारी !!
गर्न सकिँदैन शब्दमा उनको बायन, सक्छौ भने गर सम्मान !!
सँधै जय होस र बिजय होस, हामी सबै वीर गोर्खालीका सन्तान !!

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ३३ बजे