६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बुद्धभूमिका मेयर श्रेष्ठको प्रश्नः तरकारीमा कोरोना देख्नेले चामलमा किन देख्दैनन् ?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आफ्नो नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी अर्घाखाँचीको डम्पिङ साइटमा फालिएको विषयले आफु स्तब्ध बनेको बताउनुभएको छ । यो कुरा मायादेवी अनलाइनबाट आफुले थाहा पाएको र अरु बुज्ने प्रयास गरिरहेको भन्दै जे सुनियो त्यो लज्जाको विषय रहेको प्रतिक्रिया दिनुभयो ।

मायादेवी अनलाइनसंग कुराकानी गर्दै नगर प्रमुख श्रेष्ठले तरकारीमा कोरोना देख्नेले चामल र अन्य खाद्यान्नमा किन देख्दैनन भन्दै प्रश्न गर्नुभयो । ‘तरकारी फालिएको जुन कुरा सुने म दुखित भएको छु । किसानले दुखजिलो गरेर उत्पादन गरेको तरकारी फाल्ने कस्तो प्रकारको कदम हो ? तरकारीबाट कोरोना सर्छ र भन्या ? उहाँले थप्नुभयो, ‘कपिलवस्तुबाट धमाधम चामल लगायतका खाद्यान्न त गएको गई छ त ? त्यसमा कोरोना किन देखिदैन ?’

कपिलवस्तुबाट चामल लैजाने तर ताजा तरकारी फाल्ने क्रियाकलाप एकदमै गलत भएको बताउनुभयो ।

भारतका आलु, प्यास खान सक्ने, कपिलवस्तुबाट चामल लैजाने तर तरकारी डम्पिङमा फाल्ने क्रियाकलाप आपत्तिजनक रहेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले आफुले यो विषयमा अझै बुझेर भन्ने पनि बताउनुभयो । ‘म यो विषयमा किसानसंग बुज्दैछु, मलाई योबारे कसैले केहि भनेको छैन, उहाँले भन्नुभयो, ‘सन्धिखर्कका मेयरसंगपनि यो विषयमा थप बुज्छु ।’

भिडियोमा बर्दीधारी प्रहरीकै संलग्नता हुनुलाई पनि आफुले आश्चर्यमा हेरेको बताउनुभयो । ‘कस्तो प्रकारको प्रहरी प्रशासन हो ? तरकारीमा कोरोना लाग्छ भन्दै आफै संलग्न भएर डम्पिङमा फाल्नु ? उहाँले प्रश्न गर्नुभयो ।’

बुद्धभूमिको धनकौली तरकारीको पकेट क्षेत्र हो । यहाँको सिंगो गाउँ तरकारी खेतीमा आश्रित रहदै आएको छ । यहाँका किसानको मुख्य बजार अर्घाखाँची रहदै आएको छ । लकडाउन यता यहाँका किसान तरकारी बेच्न नपाएर मर्कामा पर्दै आएका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  २ : ५३ बजे