मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रकाश विष्ट केहि दिन पहिला सरुवा भएपनि अर्घाखाँचीमै कार्यरत रहेको खुलेको छ । गृह मन्त्रालयले एक बर्ष पूरा भएका प्रहरी नायव उपरिक्षक (डिएसपी)लाई केहि दिन अगाडी एकै पटक सरुवा गरेको थियो ।
अर्घाखाँचीबाट महोत्तरी सरुवा भएका विष्टको स्थानमा माधव बुढाथोकी आउने भनिएको छ । बुढाथोकी अझै जिल्ला आइपुगेका छैनन । उनी अझै काममा नआएकाले सरुवा भएका विष्टले नै जिल्लाको प्रहरी कमाण्ड सम्हालेको बताइएको छ । यद्यपि उनीलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।
यता आइतबार कपिलवस्तुबाट अर्घाखाँची लगिएको तरकारी डम्पिङ साइटमा फालेपछि प्रहरी प्रशासनको चर्को विरोध भैरहेको छ । बर्दीधारी प्रहरी र केहि व्यक्तिको संलग्नतामा एक पिकअप भ्यानको तरकारी डम्पिङ साइटमा फालिएको थियो । तरकारीबाट कोरोना भाइरस सर्न सक्ने भन्दै एक गाडी तरकारी नष्ट गरिएको हो ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले तरकारी फिर्ता पठाउन भनेको भएपनि फाल्न नभनेको प्रष्टिकरण दिइसक्नुभएको छ । तरकारी डम्पिङ साइटमा फाल्न लगाएको भन्ने आरोप लागेपनि प्रजिअको यो प्रष्टिकरणले यो विषयमा प्रहरी प्रमुखसंग सोझिएको छ ।
यो काम प्रहरी प्रमुखबाटै आएको भन्ने आशंका व्याप्त छ । कार्यालय प्रमुख विष्टकै निर्देशनबाट तरकारी डम्पिङमा फाल्न भनिएको हो कि अरु जुनियर अधिकृतको निर्देशनमा हो अझै खुलिसकेको भने छैन । यद्यपि यो काम प्रहरी प्रमुखकै निर्देशनमा गरिएको स्रोत दाबी गर्छ ।
सरुवा भएर जान थालेका विष्टले नै जिल्ला छाड्दा छाड्दै यस्तो काम गरेको हुन सक्ने गरी प्रश्न सोजिएको हो । यद्यपि उनको सरुवा तरकारीको कारण नभई नियम अनुसारनै भएको स्रोत बताउँछ ।
अर्घाखाँचीमा प्रहरी नायव उपरिक्षक (डिएसपी) कार्यालय प्रमुख बन्न पाउने प्रावधान छ । विष्ट महोत्तरी सरुवा भएपनि उनी कार्यालय प्रमुख भन्दा दोस्रो वरियतामा बसेर काम गर्नुपर्ने हुन्छ । तराईका जिल्लामा प्रहरी उपरिक्षक (एसपी) कार्यालय प्रमुख बन्ने गर्छन ।







प्रतिक्रिया