२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुमा पुनः सात जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा पुनः सात जनामा कोरोना संक्रमण देखिएको छ । जसमा मायादेवी गाउँपालिकामा ६ जना र कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना देखिएको छ ।

मायादेवी गाउँपालिकामा ६ जना संक्रमित मध्य वडा नं. १ का २६ बर्षीय एक जना पुरुष, वडा नं. २ का २७, ३५ र ४० बर्षीय तीन जना पुरुष, वडा नं. ८ का १९ र २६ बर्षीय दुई जना पुरुष रहेका छन ।
कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना देखिएको छ । ती संक्रमित कपिलवस्तु नगरपालिका वडा नं. ४ का २१ बर्षीय पुरुष रहेका छन ।

दिउँसो मात्र ४९ जना संक्रमित थपिएका थिए । योसंगै जिल्लामा कोरोना संक्रमित ३ सय १७ जना पुगेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ०१ बजे