काठमाडौं ।
नेपाली कांग्रेसका सांसद अभिशेक प्रताप साहले चीनले सगरमाथामा गरिरहेको गतिविधिबारे प्रश्न उठाएका छन् । उनले सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सगरमाथामा चीनको गतिविधिबारे नेपाललाई थाहा हुनुपर्ने बताएका हुन् ।
‘मे २० मा सगरमाथाको उचाइ नाप्न नेपालको समन्वयमा टोली पठाएको हो की होइन’ ?, उनले सोधे, ‘जिनुहुवा कल्चर एण्ड ट्राभल्स’ जुन चीनको आधिकारिक पेज हो । त्यसले के देखाउँछ भने सगरमाथामा अथवा उनीहरुको भाषामा माउन्ट चोमोलाङ्मा नाप्न सर्भे टिम पठाएको छ।
त्यो सर्भे टिम नेपालसँगको समन्वयमा पठाएको हो की ? सांसद साहले चीनले सगरमाथा आधार शिविरमा फाइभ जी नेट्वर्क राखेकोबारेमा पनि प्रश्न गरेका छन् ।
२७ मे मा अफिसियल चाइना सिन्ह्वा न्यूजले त्यहाँ चिनियाँहरु गएर फाइभ जी टावर पनि लगाएको छु, उनले भने, ‘नेपाल र चीनको संयुक्त निर्णयपछि मात्रै त्यहाँ सर्भे टिम पठाउनु पर्छ। यसरी एकपक्षीय गतिविधि हुनु राम्रो होइन।’







प्रतिक्रिया