२०७७ जेठ २० गते मंगलबार
मेष : दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजन भेटिनेछन् ।
वृष : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । कार्ययोजना सफल हुनेछ । दीर्घकालीन काम हुनेछ ।
मिथुन : दिन सार्थक रहनेछ । बुद्धिवर्धक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । शरीर स्वस्थ हुनेछ । मनमा चिन्ता कम हुनेछ ।
कर्कट : दिन प्रतिकूल रहनेछ । बढी जोखिममूलक काम नगर्नु उपयुक्त हुनेछ । मन डराउन सक्छ । काममा सचेतताको खाँचो पर्नेछ ।
सिंह : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बोध हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । यश, कीर्ति मिल्नेछ ।
कन्या : दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । अर्थोपार्जन हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । स्वास्थ्य तन्दुरुस्त हुनेछ ।
तुला : दिन भाग्यवर्धक रहनेछ । आत्मबल विकसित हुनेछ । बौद्धिक कार्यप्रतिको चिन्ता रहनेछ । पढाइले गति लिने देखिन्छ ।
वृश्चिक : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
धनु : दिन उत्कृट रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बुद्धि विवेक क्रियाशील रहने देखिन्छ । मन प्रसन्न हुनेछ ।
मकर : दिन सार्थक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । कामप्रति रूचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।
कुम्भ : दिन ठिक रहनेछ । धार्मिक नेतृत्व गर्ने अवसर मिल्नेछ । शारीरिक तन्दुरुस्ती बढ्नेछ । सहयोग पाइनेछ । आत्मबल बढ्नेछ ।
मीन : दिन प्रतिकूल रहनेछ । कुनै अनिष्ट समाचारले मन विथोल्न सक्छ । धैर्य गर्नु बेस हुनेछ । ठूलो योजनाको काम नगर्नु राम्रो हुनेछ ।







प्रतिक्रिया