४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

विश्व स्वास्थ्य संगठनले भन्योः दक्षिण अमेरिकामा कोरोनाको अवस्था चिन्ताजनक



एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमण आफ्नो उच्च बिन्दुमा नपुगेकाले सतर्क हुनुपर्ने चेतावनी दिएको छ । त्यहाँका मुलुकहरूले कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउनलाई खुकुलो पार्न सुरू गरेको सन्दर्भमा संगठनले चेतावनी दिएको हो ।

संगठनका विशेषज्ञ डा । माइक रायनले मध्य र दक्षिण अमेरिकामा हाल कोरोना भाइरसको संक्रमण अवस्था गम्भीर बनेको बताएका छन् ।

मेक्सिकोमा हालसम्म कोरोनाका कारण १० हजार मानिसको मृत्यु भएको छ । यसका बाबुजत यहाँ खानी उत्खननका कामहरू सुरू गरिएको छ । दुई महिनाको लकडाउनपछि सोमबारबाट त्यहाँ कार उत्पादन र निर्माण कार्यहरू पुनः सुरू गरिएको छ ।

यसैगरी कोरोनाका कारण सर्वाधिक प्रभावित बनेको ब्राजिलका साओ पाउलो लगायतका कयौं शहरमा लकडाउन खुकुलो पार्न थालेका छन् । ब्राजिलमा मात्रै हालसम्म कोरोनाका कारण २९ हजार ३ सय १४ जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले भने यी देशहरू लकडाउन खोल्न हतारिएको र यसले कोरोना संक्रमणदरलाई बढाउने चेतावनी दिदैं आएका छन् ।

संगठनको यस किसिमको चेतावनीलाई ब्राजिल लगायतका मुलुकले अर्थ व्यवस्थालाई गम्भीर क्षति पुगेको भन्दै नजरअन्दाज गर्न थालेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ९ : ०९ बजे