२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

गर्भवती र सुत्केरीलाई दिने सेवा नियमित गर्न मन्त्रालयको निर्देशन



काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भवती र सुत्केरीको उपचार तथा स्वास्थ्य परीक्षणलाई नियमित गर्न निर्देशन दिएको छ । गर्भवती र सुत्केरीले सेवा नपाएको गुनासो आएको भन्दै मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा दिन निर्देशन दिएको हो ।

मन्त्रालयले गर्भवती र सुत्केरीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म ल्याउनरपुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयले काठमाण्डौ उपत्यकाबाहिर एम्बुलेन्सको अवश्यक परे १०० नम्बरमा फोन गर्न पनि भनेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरिएका कारण एम्बुलेन्स नपाएको भन्दै गुनासो आइरहेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ५ : ४२ बजे