बुटवल ।
एक ट्वीटले भारतीय मिडियाको मुटु थर्काएकी अभिनेतृ मनिषा कोइराला मंगलबार नेपाल भित्त्रिएकी छन् । सेतोगाडीमा सेतै माक्स लगाएर सुनौली नाकाका नेपालीहरुलाई अभिवादन गर्दै अभिनेतृ कोइराला नेपाल छिरेकी हुन् ।
लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।
सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । बेलहिया नाकाबाट आएकी उनी परिवारको साथमा होटल क्वारेन्टाइनमा बस्ने बताइएको छ ।ु
मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।
उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । नेपाल भारत सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतमै बसोबास भएकी कोइरालाले नेपालको पक्षमा लिएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन । प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’
मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्।







प्रतिक्रिया