१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जुम्लामा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु



सुर्खेत ।
जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार मृतक गत बुधबार बाहिरबाट आएको खुलेको छ ।

डिएसपी धामीका अनुसार मृतकको स्वाब संकलनका लागि कर्णाली प्रतिष्ठानको टोली त्यहाँ जान लागेको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : ०४ बजे