५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

अर्घाखाँचीमा रूखमा चढेर फल टिप्न खोज्दा लडेर जनप्रतिनिधिको निधन



बिष्णु कुमार आले, अर्घाखाँची ।
रूखबाट खसेर अर्घाखाँची मालारानी ९ गोखुङगाकी ४६ बर्षीया फुलमति परियारको शुक्रबार ज्यान गएको छ ।

मालारानी ९ की दलित महिला सदस्य समेत रहेकी परियार घर नजिकै काफलनेटामा गोहिलीको रूखमा चढेर फल टिप्ने क्रममा खसेर अचेत अवस्थामा रहेकी उनको उपचारका लागि सन्धिखर्क ल्याउदै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष फन बहादुर पुनले जानकारी दिए ।

२३ बर्षीया आमा छोरासहित आफन्त कहाँ निम्तो खान गएर घर फर्कनेक्रममा छोरालाई अगाडि पठाएर घरमा भएका नाति नातिनाहरूलाई फल टिपेर लैदिन रूखमा चढेर फल टिप्नेक्रममा ८ फुट माथीबाट मोटरबाटोमा खसेर परियारको मृत्यु भएको हो ।

मृतक महिला नेकपा माओबादी (नेकपा) बाट निर्वाचित दलित वडा सदस्य हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ५ : ३५ बजे