२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तुमा साढे ५ सय पुगे कोरोना संक्रमित, शुद्धोधनमा थपिए तीन जना



मायादेवी अनलाइन, चार नम्बर ।
आइतबार २७ जना कोरोना संक्रमित थपिएसंगै कपिलवस्तुमा कूल संक्रमितको संख्या साढे ५ सय पुगेको छ । आइतबार राति स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको पछिल्लो जानकारी अनुसार शुद्धोधन गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको वडा नं. ५ का १७, २० र २२ बर्षीय तीन पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै शुद्धोधनमा कूल संक्रमितको संख्या ३५ पुगेको छ ।

आइतबार साँझ मात्र जिल्लाका महाराजगञ्ज नगरपालिका, यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकामा गरी २४ जना संक्रमित थपिएका थिए ।

जसमा महाराजगञ्ज नगरपालिकामा ६ देखि ५१ बर्षीय उमेर समूहका ९ जना पुरुष रहेका छन ।

यशोधरा गाउँपालिकाका एक २७ बर्षीय महिलासहित २० देखि ४४ बर्षीय १३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यता कपिलवस्तु नगरपालिकाका ४० बर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

१० स्थानीय तहमध्ये कुनमा कति छन संक्रमित ?

गत बैशाख २५ गते मायादेवी गाउँपालिकाबाट भेटिन थालेका कोरोना संक्रमित जेष्ठ २५ गते रातिसम्म गरी ५ सय ५० पुगेका छन । जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेटिएका छन ।

आइतबार रातिसम्म स्वास्थ्य कार्यालय कपिलवस्तुले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाका यशोधरा गाउँपालिका र महाराजगञ्ज नगरपालिकामा संक्रमितको संख्या १ सय कटेको छ ।

यशोधरा गाउँपालिकामा १ सय ५१ संक्रमित रहेका छन भने महराजगञ्ज नगरपालिकामा १ सय ११ जना संक्रमित पुगेका छन ।

मायादेवी गाउँपालिकामा ५४ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा आइतबार राति थपिएका तीनसहित ३५ जना संक्रमित भेटिएका छन ।

कपिलवस्तु र बुद्धभूमि नगरपालिकामा २९/२९ जना, वाणगंगा नगरपालिकामा २२ जना, विजयनगर गाउँपालिकामा २१ जना संक्रमित रहेका छन । यस्तै एक जना कपिलवस्तु अस्पतालमा छन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  १० : २० बजे