एजेन्सी ।
कोरोनाभाइरस लकडाउनका कारण रेष्टुरेन्ट बन्द छन् र मानिसहरु घरभित्र बस्न बाध्य छन् । यसका कारण विभिन्न प्रकारका परिवर्तन देख्न पाइएको छ । यीमध्ये दुई परिवर्तन यस्ता छन् –एक त मुसाले आफ्नो खानाको नयाँ स्रोतको खोजी गर्न सुरु गरेको छ र अर्को उनीहरुको व्यवहारमा परिवर्तन आएको छ ।
युएस सेन्टर्स फर डिजीज कन्ट्रोल (सिडिसी) को तर्फबाट गत हप्ता जारी गरिएको चेतावनी अनुसार खानाका लागि भड्किरहेका मुसाको व्यवहार असामान्य र रिसाहा हुनसक्छ ।
चेतावनीमा बताइए अनुसार रेष्टुरेन्ट बन्द हुँदा ‘मुसाले पर्याप्त खाना पाइरहेको छैन, विशेषगरी व्यवसायिक इलाकामा ।’
सिडिसीले थपेको छ, ‘मुसा साधारणतया यसै स्थानमा पाइने खाना र फोहोरमा निर्भर हुन्छन् ।’
खानाको नयाँ स्रोतको खोजीमा मुसा अब यताउता भड्किन थालेको छ र यसै कारण संसारभरी अब उनीहरुलाई सार्वजनिक रुपमा धेरै देखिन थालेको छ ।
न्यू ओरलिन्सको फ्रेन्च क्वार्टर एउटा उत्कृष्ट उदाहरण हो । फेब्रुअरीमा यहाँ हज्जारौंको संख्यामा मानिसहरु एकजुट भएका थिए जो ज्याज क्लब, बार र रेष्टुरेन्ट गए । तर केही हप्तापछि भाइरसको संक्रमणका कारण लुइसियानाका टुरिस्ट डेस्टिनेशनलगायत मनोरञ्जन क्षेत्रका लगभग सबै स्थान बन्द गर्नुपर्यो ।
त्यसैकारण मुसा आफ्नो स्थानभन्दा बाहिर गए । अमेरिकाका अन्य शहर जस्तै वासिङ्टन र न्यूयोर्कको पनि हालत यस्तै छ ।
अमेरिकाका प्रमुख रोडेन्टोलोजिस्ट रोबर्ट कारिगनका अनुसार मुसाको यो रिसाहा व्यवहार मानिसप्रति नभई अन्य मुसा र सम्पत्ति प्रति हो किनभने मुसाहरु आफ्नो खानाका लागि यताउती भड्किनु परिरहेको छ ।
बीबीसी न्यूज ब्राजिलसँगको कुराकानीमा उनले भने, ‘यसको अर्थ यो हो कि उनीहरुले मानिसहरुमाथि हमला गर्दैनन् वा टोक्दैनन् ।’
मानिसको मासु खानुः
कोरोनाभाइरस संक्रमणका कारण संसारभरीका करिब एक तिहाई जनसंख्याले विगत केहि महिनादेखि आफ्नो व्यवहारमा परिवर्तन गरेका छन् ।
धेरैजसो देशमा मानिसहरुले आफ्नो घरमा धेरै समयसम्म फोहोर राख्न पनि बन्द गरेका छन् जसमाथि मुसा आश्रित हुन्छन् । र यसै कारण मुसा पनि आफ्नो व्यवहारमा परिवर्तन गर्नका लागि बाध्य हुनुपरेको छ ।
अप्रिलमा ब्रिटेनका नेशनल पेस्ट टेक्निसियन्स असोसिएशनले स्कूल, पब, रेष्टुरेन्ट, होटल, घुम्ने स्थान र अन्य सार्वजनिक स्थानलाई सामाजिक दुरीका लागि बन्द राख्नुको परिणाम नकारात्मक हुनसक्छ ।
असोसिएशनका अनुसार यदि खाना उपलब्ध नभएको खण्डमा हिंस्रक जीवले खाली भवनमा बच्चालाई जन्म दिन सक्छन् वा खानाको खोजीमा बाहिर निस्कन सक्छन् ।
निराशाका कारण मुसाले आफ्नै इलाकामा अन्य मुसामाथि हमला गरिरहेका छन् ।
मुसाबाट फैलने रोगको नियन्त्रणका लागि सल्लाहकारको रुपमा काम गर्ने र अमेरिकालगायत अन्य देशमा काम गर्ने कोरिगन भन्छन्, ‘भोकका कारण एउटा मुसा अर्को मुसामाथि रिस पोखिरहेको छ ।’
उनका अनुसार जुन स्थानमा मुसाले निकै सजिलै खाना पाउँथे त्यहाँ अब निराशा पाइरहेका छन् । विशेषज्ञले यस्तो हमलाको प्रमाण देखेका छन् र मानिसको मासु खाएको प्रमाण पनि देखेका छन् । अत्यधिक भोकाएको स्थितीमा यो साधारण कुरा हो । जस्तो कि हालको स्थितीमा भइरहेको छ ।
उनी भन्छन्, ‘उनीहरुले हमला गरिरहेका छन्, हत्या गरिरहेका छन् र एक अर्काको मासु खाइरहेका छन् ।’
‘स्थितीमा ढल्न पोख्त’
बीबीसीलाई दिएको एक पुरानो अन्तर्वार्ततामा कोरिगनले भनेका थिए, ‘भोक लाग्दा मुसा शान्तिसँग पनि बस्न सक्छन् र भड्किँदै अर्को इलाकामा पनि जान सक्छन् जहाँ मुसा नभएको स्थिती हुनसक्छ ।’
विशेषज्ञका अनुसार यो यस्ता जीव हुन् जो आफ्नो लागि खानाको खोजी गर्न निकै पोख्त छन् र आफ्नो बलियो दाँतले ढोका, प्लाष्टिकलाई नष्ट पारिदिन सक्छन् ।
उनी भन्छन्, ‘उनीहरु सबैतिर छन् । यदि उनीहरु यस्तो व्यवहार अपनाउन पोख्त नभएको भए संसारभरी फैलन सक्दैनथे ।’
यद्यपि, ठूलो संख्यामा मुसा देख्नुको अर्थ शहर ध्वस्त हुन्छ भन्ने होइन ।
कोरिगन भन्छन्, ‘यो सही समय हो जब उनीहरुमाथि नियन्त्रणको नयाँ तरिका अपनाउन सकिन्छ ।’
मुसा किन समस्या हुन् ?
खानाको खोजीमा भड्किरहेका मुसाको एक समूहले कुनै पनि घरको सम्पत्ति ध्वस्त गर्न सक्छ । रोग फैलाउन सक्छ ।
कोरिगन भन्छन्, ‘मुसा कुनै कोठामा बच्चा भएठाउँ पुग्न सक्छ, नर्सिङ होम वा अस्पतालमा पनि पुग्न सक्छ ।’
आधिकारिक रुपमा मुसालाई ५५ किसिमका रोगको कारणसँग जोडिएको छ । यद्यपि, कोभिड–१९ मा उनीहरुको सम्बन्धको रिपोर्ट हालसम्म सार्वजनिक भएको छैन ।
मुसाले घरको काठ काट्न सक्छन्, बिजुलीको तारमा क्षती पुर्याउन सक्छन् जसका कारण घरमा आगलागी हुने खतरा पनि हुन्छ ।
मुसालाई घरबाट बाहिर कसरी निकाल्ने ?
मुसालाई घरबाट बाहिर राख्ने एउटा तरिका भनेको भुइँतलामा भएका प्वालहरु बन्द गर्नु । पाइप र अन्य यस्ता कुरालाई पनि सील गर्नहोस् जहाँबाट मुसा घरभित्र पस्न सक्छन् ।
घरभित्र भएका निकै कम स्थानमा उनीहरु लुक्न सक्छन्, त्यस्ता स्थान सफा गर्नुहोस् ।
खाना सधैं यस्तो भाँडोमा राख्नुहोस् जसलाई मुसाले खोल्न सक्दैनन् ।
यदि तपाईंको घरमा मुसा छन् भने कोरिगनले यसका लागि व्यावसायिक मद्दत लिन सुझाव दिएका छन् ।
उनी भन्छन्, ‘कोरोना संक्रमणको समयमा यदि तपाईंको घरमा मुसा छन् भने तपाईं एक्लैले यसलाई बाहिर निकाल्न सक्छु भनेर नसोच्नुहोस् । तपाईं आफैंले यसलाई समात्ने र भगाउने कोसिस नगर्नुहोस् ।’
स्रोतः बीबीसी







प्रतिक्रिया