८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

स्वास्थ्य शाखा प्रमुख मृत फेला



स्याङ्जा ।
गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ११ : ४५ बजे