४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अर्घाखाँचीमा उपमेयरलाई लाग्यो कोरोना



बिष्णु कुमार आले, अर्घाखाँची ।
सन्धिखर्कका जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

भारत लगाएत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए । ‘म नगरपालिका भन्दा बाहिर गएको छैन, संक्रमितहरुबाट सरेकोे हुन सक्छ । तातोपानी र जडिबुटी खाएर घरमै आराम गर्छु उनले भने, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’ कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ, उनले थपे ।

‘यसलाई सामान्य रुघाखोकीका रुपमा लिएको छु, उनले भने, ‘जनताको सेवामा लाग्दा कोरोना लाग्यो, आत्मबल बलियो बनाएर बसेको छु, छिट्टै निको भएर जनताको सेवामा फेरी लाग्छु ।’

उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ ।

अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टी भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाईएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ३ : ३८ बजे