मायादेवी अनलाइन, चन्द्रौटा ।
गैरआवासीय नेपाली संघ चीनका उपाध्यक्ष सुशील बेल्बासेसहितको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई १लाख ५५ हजार १ सय बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा रहेकाहरूका लागि बेल्बासे टोलीले स्वास्थ्य सामग्री प्रदान गरेका हो ।
स्वास्थ्य सामग्रीमा थर्मल टेम्प्रेचर गन १० थान, पीपीई सेट १० थान, केएन ९५ मास्क ३सय थान, सर्जिकल मास्क १ हजार थान, सर्जिकल ग्लोभ्स ६सय थान र सेनिटाईजर ५ लिटर तथा स्वास्थ्य सुरक्षा लगायतका सामग्री नगरपालिकालाई प्रदान गरिएको बेल्बासेले जानकारी दिए ।
“नगरपालिकाका १० वटै वडाका स्वास्थ प्रमुखका लागि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं,” –गैरआवासीय नेपाली संघ चीनका उपाध्यक्ष बेल्बासेले भने ।
बेल्बासेसँगै चीनमा ब्यवसाय गर्दै आएका बुद्धभूमि ३, टाकुका विवस बेल्बासे र बुद्धभूमि ४, निवासी मिनराज बेल्बासेले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सामग्री हस्तान्तरण गरेका थिए ।
बुद्धभूमि नगरपालिका ४ स्थायी घर भई विगत १५ वर्षदेखि चीनको ग्वान्जाओमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ उपाध्यक्ष बेल्बासेले केही वर्षअघि साविक बुड्ढी गाविसलाई साक्षर गाविस घोषणा कार्यक्रमका लागि ७५ हजार रकम सहयोग गरेको जनाएका छन् ।







प्रतिक्रिया