८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

पाल्पाको आइसोलेसनमा एक जनाको मृत्यु



पाल्पा ।
पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ ।

गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. राजु शाक्यले जानकारी दिए ।

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचार भइरहेको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको डा. शाक्यले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ९ : ५० बजे