काठमाडौँ ।
सरकारले आज आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको छ । आज दुई बजे बस्ने बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताएका छन् । हिजोलाई निर्धारित भएपनि मन्त्रिपरिषद बैठक संसद बैठकको कारण देखाउँदै स्थगित भएको थियो ।
ती मन्त्रीका अनुसार सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरि लकडाउन खोल्नेछ ।
यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ । लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ ।
पहिलो चरणमा उद्योग, कलकारखाना चलाउन दिने, दोस्रो चरणमा निजी सवारी साधन संचालन गर्न दिने, तेस्रोमा सार्वजनिक सवारी साधन र आन्तरिक हवाई सेवा चल्न दिने, पाँचौमा पठनपाठन, सिनेमा, होटेल, रेस्टुरेन्ट, धार्मिक संस्था खोल्न दिने सरकारको योजना छ। एक–एक महिनाको परीक्षण गर्ने सरकारको योजना छ ।







प्रतिक्रिया