२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खस्यो



काठमाडौं ।
कालिकोटमा टिपर दुर्घटना भएको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो । भारतबाट आएका मानिस लिएर कालिकोट जिल्लाको लालिघाट भन्ने स्थानबाट रास्कोट जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरीकार्यालय कालिकोटका अनुसार टिप्परमा कतिजना सबार थिए भन्ने खुलिसकेको छैन ।

घटनास्थलतर्फ प्रहरी टोली गएका र टिप्पर के कारणले दुर्घटना भएको भन्ने खुल्‍न बाँकी रहेको कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिलेसम्म ३ जना को शव भेटिएको छ । अझै अधिकांश बेपत्ता छन् । प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  १२ : २४ बजे