दाङ ।
प्रहरीले रुकुम पश्चिमको सोती घटनामा संलग्न भएको भन्दै बुधबार भेरी नगरपालिका–४ का इन्द्रबहादुर मल्लसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनी सहित सोतीकै अर्का एक जनालाई बुधवार पक्राउ गरेको हो भने अर्का एक जनालाई मंगलवार पक्राउ गरेको बताएको छ ।
कल डिटेलका आधारमा पक्राउ परेका इन्द्रबहादुर सोती गाउँका मल्ल परिवारका आफन्त हुन् ।उनको परिवार लामो समयमा भेरी नगरपालिका ४, गैरीखालीमा बसोबास गर्दै आएको छ ।
गत १० गते घटना हुनुअघि नवराजहरूको समूह केटी भगाउन आएको भनी इन्द्रबहादुरले फोनमार्फत सोती गाउँका मल्ल परिवारलाई सुराकी गरेको पीडित परिवारले आरोप लगाएको छ ।







प्रतिक्रिया