१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लक्ष्मणघाटको क्वारेन्टाइनस्थलमा बृक्षारोपण



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा बुधबार बाणगंगा नगरपालिका वडा नं. ६ मा रहेको क्वारेन्टाइन क्षेत्र लक्ष्मणघाट मा.वि.परिसर वरिपरी बृक्षारोपण गरिएको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग र बाणगंगा नगरपालिका कपिलवस्तुको सहकार्यमा जुन ५ बिश्व बाताबरण दिवसको सन्दर्भ पारेर रुपन्देही र कपिलवस्तु जिल्लामा रहेका क्वारेन्टाइन स्थल वरिपरी गरी करिव पन्ध्र सय बिरुवा रोप्ने कार्यक्रम रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायन पौडेलले जानकारी दिएका छन् ।

अहिले कोरोना महामारीका कारण नेपाल लगायत छिमेकी मुलुकबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था रहेको छ । क्वारेन्टाइनमा दिनभरी बस्दा अल्छी लाग्ने, पट्यार लाग्ने भएका कारण उनीहरुलाई काम प्रति आकर्षित गर्न तथा सुरक्षित जिवनका लागी रुख विरुवा अति आवश्यक भएकाले उनीहरुकै सक्रियतामा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाएर बृक्षारोपण गर्ने र वसाइको अवधी भर संरक्षण तथा रेख देख गर्ने गर्दछन् ।

जस बापत उनीहरुलाई सामान्य यातायात खर्च उपलब्ध गराईने संस्थाका सदस्य त्रिलोचन घिमिरेले जानकारी दिएका छन् । फरक अवस्थामा क्वारेन्टाइनमा बसेर १४ दिन समय बिताउन कठिन भएको कुरा सबैले महशुस गरेका छन् ।

स्वच्छ बाताबरणका लागि रुख बिरुवाको अति आवश्यक भएका कारण प्रकृति मैत्री बन्नका लागि सबैजनाले बृक्षारोपण गरी प्रकृतिलाई सहयोग गर्ने गरी यो कार्यक्रम शुरु गरिएको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालले बताएका छन् ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुले कार्यक्रम राम्रो रहेकोले बृक्षारोपणबाट बिद्यालय सुन्दर र हराभरा हुने भएकाले साबधानी अपनाएर रुख विरुवा रोप्ने र सो को रेख देख गर्न सके स्वच्छ हावा र शितल लिन सहज पुग्ने बताएका छन् ।

बिद्यालयका प्र.अ. चेतनाथ पौडेलले बिद्यालय सबैको साझा संस्था रहेको जसमा सबैका बाबु नानी अध्ययन गर्ने हुनाले सो को लागी वरिपरीको बातारबण संरक्षण गर्न रुख विरुवा रोप्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रम बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारुको अध्यक्षता, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका गण्डकी र ५ नं प्रदेश प्रमुख सुदिप अर्यालको प्रमुख आथित्यता, सद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायण पौडेलको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा वडा नं ६ का वडा सदस्य धन बहादुर न्यौपाने, वडा सदस्य कमला परियार, लक्ष्मणघाट मा.वि.का प्र.अ.चेतनाथ पौडेल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराई, विद्यालय व्यवस्थापन समिति सदस्य रिता चौधरी, लक्ष्मणघाट सामाजिक विकास केन्दका अध्यक्ष रन बहादुर काउचा, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य, पत्रकार रामबहादुर गन्धर्व, समाजसेवी खडक बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  ७ : ५४ बजे