२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

आफ्नै नातीले हिर्काउँदा एक वृद्धाको मृत्यु



कैलाली । डडेल्धुरामा आफ्नै नाती हिर्काउदा एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको गन्यापधुरा –२ कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने बतउनुभयो ।

उहाँले भन्नुभयो, ‘नातीको आक्रमणबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो’ ‘उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भयो । ’घटनामा संलग्न गिरीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको न्यौपानेले बताउनुभयो । मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ३ : ०१ बजे