२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कोरोना प्रयोगशाला निर्माणका लागि उमा पौडेलद्धारा एक लाख सहयोग



मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश नम्बर ५ र जिल्लाको १० पालिकाको संयुक्त लगानीमा कोरोनाको परिक्षणका लागि तौलिहवामा संचालनको तयारी गरीएको प्रयोगशाला निर्माणका लागि तौलिहवाकी एक समाजसेवीले बिहीवार एक लाख रुपैयाँ प्रदान गरेकी छिन् ।

कोरोनाको प्रयोगशाला संचालनमा आउने खबरले निकै खुशी भएकी तत्कालीन महिला तथा बालबालिका कार्यालयकी पूर्व अधिकृत उमा पौडेलले बिहीवार प्रजिअ दीर्घ नारायण पौडेललाई सो रकम हस्तान्तरण गरेकी थिईन ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेसंगै प्रशासन कार्यालय पुगेकी पौडेलले प्रजिअलाई सो रकम हस्तान्तरण गरी घर फर्केकी थिइन् । कोरोनाको रेड जोन जिल्लामा सूचीकृत कपिलवस्तुको तौलिहवामा कोरोनाको प्रयोगशाला संचालन गर्न लागेको खबरले आफु निकै खुशी भएको उनले बताए ।

तौलिहवाको आनन्दबाग घर भएकी उनले स्वतस्फूर्त रुपमा रकम प्रदान गरेकी थिइन । ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालयकी सदस्य समेत रहेकी पौडेलले कोरोनाको महामारीबाट देशले चाडै उन्मुक्ति पाओस भन्ने कामना समेत गरेकी छिन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : १९ बजे