२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

यी प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षाको संभावना



काठमाडौँ ।
देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा शुक्रबारको मौसम सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : १२ बजे