२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कपिलवस्तुमा ठेक्का नै नलागेको स्थानबाट नदीको दोहन, विश्रामप्रसाद थारुको संलग्नता !



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ भग्लापुरमा २ वटा वाटो निर्माणमा संविधान सभा सदस्यको मनपरी चलेको पाइएको छ । संविधान सभा सदस्य विश्रामप्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनु पर्ने भन्दै सोझै नदीबाट नदीजन्य पदार्थ निकासी गर्दै आएका छन् ।

स्थानीय ट्याक्टरको प्रयोग गरी नगरका केही जनप्रतिनिधिहरुलाई सांसदको हैकम चलाउदै मिलेमत्तोमा सिफारिस बनाउदै मनपरि गरेको पाईएको छ ।

अहिले ठेक्का नै नलागेको संरक्षित ठाउँबाट मनपरि तरिकाले नदीजन्य पदार्थ निकासी भैरहेको छ । सड्क निर्माणमा ७० र ३० को योजना रहेको र ३० प्रतिशत स्थानीयको योगदान नदीको बेसमालबाट मिलाई दिने भन्दै स्थानीयलाई प्रलोभनमा पारि सांसद थारुले ठेक्काबाट बढी लाभ लिन यसरी खुलेआम दोहन गरेका हुन् ।

वडाध्यक्ष सुकदेवप्रसाद चौधरीले भने नगरपालिकाको सिफारिसको आधारमा खोलामा ट्याक्टर पठाईएको र सो बारेमा प्रहरी प्रशासनलाई जानकारी पनि भएको बताउनु भएको छ ।

तर, नगर प्रमुख मंगलप्रसाद थारुले डम्पिङ गरेर राखिएको नदीजन्य पद्धार्थ निकाल्नको लागि वडा कार्यालयबाट सिफारिस आएको सोही आधारमा आफुले सिफारिस बनाएर दिएको जानकारी दिनु भयो ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले यसबारेमा आफुलाई जानकारी नभएको बताउनु भयो । यसरी प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी नदिई सिफारिस बनाएर एकाएक संरक्षित क्षेत्रबाट नदीजन्य पद्धार्थ निकालिनु स्थानीय जनप्रतिनिधि र ठेकेदारबीच मिलोमतो हुन सक्ने स्थानीयहरुले आंशका गरेका छन् ।

सो विषयमा आफुलाई जानकारी हुन साथ प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले बताउनु भएको छ । नगरपालिकाले नै सिफारिस बनाएर नदीजन्य पद्धार्थ निकाल्न दिएकोले आफुहरुले रोक्न नमिल्ने प्रजिअ पौडेलले बताउनु भयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : १० बजे