५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तौलिहवामा पनि लगाइयो सरकार विरुद्ध नारा



गुलाम अली, तौलिहवा ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा पनि सरकार विरुद्ध प्रर्दशन भएको छ । पछिल्ला केहि दिन यता देशभर सरकार विरुद्ध प्रर्दशन भैरहेको बेला जिल्ला सदरमुकाम तौलिहवामा पनि शुक्रबार दिउँसो प्रर्दशन भएको हो ।

जिल्ला प्रशासन कार्यालय अघि जम्मा भएका युवाहरुको एक समूहले सरकार विरुद्ध प्रर्दशन गरे ।
सरकारले कोरोना भाईरस संक्रमणका नाममा अपारदर्शी खर्च गरी अनियमितता गरेकोले छानविनको माग गर्दै उनीहरुले प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएका हुन् ।

प्ले कार्ड, व्यानर बोकेका उनीहरुले नाराबाजी समेत गरेका थिए ।

युवा नेता प्रकाश घिमिरेको नेतृत्वमा रहेको युवाहरुले प्रदर्शनको क्रममा सरकार औषधि उपचारमा नलागेर भष्टाचारमा लिप्त भएको आरोप पनि लगाएका थिए । यता शनिबार विहान ११ बजे वाणगंगाको चारनम्बर चोकमा पनि सरकार विरुद्ध प्रर्दशन हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ३६ बजे