५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रोग प्रतिरोधात्मक बढाउने जडिबुटी वितरण गर्ने संघ निर्णय



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कपिलवस्तुले जिल्लाका दुई स्थानीय तहका क्वारेनटाइन र आइसोलेसन सेन्टरमा गएर रोग प्रतिरोधात्मक बढाउने जडिबुटी वितरण गर्ने भएको छ ।

शुक्रबार बसेको संघको पाँचौ बैठकले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभाव जिल्लामा पनि परेको भन्दै जडीबुटीजन्य औषधि वितरण गर्ने निर्णय गरेको छ ।

जिल्लाका वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका विभिन्न क्वारेनटाइन र आइसोलेसनमा रहेका व्यक्तिहरुलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि औषधि वितरण गर्ने निर्णय भएको संघका सचिव तथा मालिका आयुर्वेद औषधालयका संचालक बैद्यराज दिपक पन्थीले जानकारी दिनुभयो ।

संघका जिल्ला अध्यक्ष गोपाल प्रसाद बञ्जाडेको अध्यक्षतामा सम्पन्न बैठकले औषधि वितरणका साथै योग, ध्यान र प्रणायम गराउने पनि निर्णय भएको सचिव पन्थीले बताउनुभयो ।

साथै बैठकले असार ७ गते पर्ने विश्व योग दिवस आ-आफ्नो पायक पर्ने स्थानमा मनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ०९ बजे