२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

पर्वत अपडेटः पहिरोले पुरिएका पाँचजनाको शव फेला, चारजना अझै बेपत्ता



पोखरा ।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए ।

शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अरु दुईजनाको पनि शव फेला परेको छ ।

प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले बिहानैबाट थप सुरक्षाकर्मी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् । अहिले बिहान दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि शनिबार राति तीनजनाको शव फेला परेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ८ : १४ बजे