५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा खोलामा डुबेर एक किशोरको मृत्यु



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा एक किशोरको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वडा नं. १ बस्ने वर्ष १५ का विजय आरख रहनुभएको छ ।

उहाँ आइतबार बिहानै घरबाट भैँसी चराउन हिँड्नुभएको थियो । सुरही खोलामा एक्लै नुहाउने क्रममा डुबेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ७ : १९ बजे