५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु प्रशासनले जारी गरेको लकडाउनको मोडालिटी खारेज, जिल्लामा अब केन्द्रकै लकडाउन लागु



मायादेवी अनलाइन, चार नम्बर ।
पछिल्लो समय जेष्ठ ३२ सम्म जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको लकडाउन आइतबार साँझ देखि केहि खुकुलो भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक सूचना जारी गर्दै केन्द्र सरकारले जारी गरेको लकडाउनको मोडालिटी सार्वजनिक गरेको हो ।


जिल्लामा कोरोना संक्रमित बढेपछि प्रशासनले केन्द्र सरकारको भन्दा कडा लकडाउन जारी गरेको थियो । दुई पटक जिल्ला सिल नै गरेको प्रशासनले पछिल्लो जेष्ठ २० गते लकडाउनको मोडालिटीलाई केहि खुलुलो पारेको थियो ।

प्रशासनले जेष्ठ ३२ गतेसम्म अति आवश्यक खाद्यान्न पसलसंगै निर्माण सामग्री बेच्ने व्यवसायलाई पनि अनूमति दिएको थियो ।

यस्तै अति आवश्यक खाद्यान्न तथा निर्माण सामग्री बेच्ने पसलहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुन दिने देखि बैंकहरुले जोर र विजोर गरी ग्राहकलाई सेवा दिनुपर्ने गरी प्रशासनले निर्देशन जारी गरेको थियो ।

यस्तै प्रशासनले नदीजन्य पदार्थ खोल्नेपनि अनुमती दिएको थियो ।

तर आइतबार देखि प्रशासनले केन्द्र सरकारकै मापदण्ड अनुसारको लकडाउन जारी गरेको छ । प्रशासनबाट यसभन्दा अगाडी दिइएका आदेश खारेज भएका छन ।

खोल्न मिल्ने क्षेत्र र व्यवसाय

  • फोहोरमैला व्यवस्थापन,
  • विद्युत, दमकल, सञ्चार र हुलाक सम्बन्धी कार्यालय र सवारी साधन,
  • बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा,
  • नर्सरी र वन जन्य उद्यम खुला भएको छ। (कृषिकै अंगको रुपमा चल्ने भएकाले खुला गरिएको हो),
  • विकास आयोजना निजी क्षेत्रबाट प्रवद्धित पूर्वाधार र जलविद्युत आयोजना निर्वाध सञ्चालन गर्ने,
  • नदी तथा खानी जन्य पदार्थको उत्पादन, संकलन र बिक्री वितरण खुला,
  • रेष्टुरेन्ट खान ल्याउर सेवा लिन सकिन्छ। प्याकिङ खान परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन,
  • क्वारेन्टाइनका लागि तोकिएका होटल र त्यसका यातायात साधन सञ्चालन गरिने अन्य सञ्चालन नगर्ने,
  • सरकारी कार्यालय,
  • शिक्षण संस्थाका कार्यालय,
  • गैरसरकारी संस्थाका कार्यालय (सबै कार्यालय यातायात र कार्यस्थलमा सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्नेछ। कार्यालय दुई सिफ्ट बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म) पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ,
  • जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवगमनका लागि सञ्चालन गरिने। यसरी सञ्चालन हुने सवारी साधनको सिटको एक लहरमा एकजना मात्र यात्रु राख्न पाइने छ। गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ,
  • सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्नेछ।

सञ्चालन नहुने क्षेत्र

  • शैक्षिक संस्था ९विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र०,
  • अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,
  • तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
  • सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार,
  • सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
  • सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
  • सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,
  • स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
  • सपिङ महल,
  • समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
  • सबै धार्मिक तथा सार्वजनिक स्थलहरु,
  • यात्रुबाहक सवारी साधन ९त्यसमा पर्यटक सवारी साधन समेत०,
  • काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने। अन्य क्षेत्रमा यो निर्णय लागू नहुने ।

२ सय बढी संक्रमित भएका जिल्लामा के होला ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई सय भन्दा बढी कोरोना संक्रमित रहेको जिल्लामा लकडाउन कडा बनाउने नीति ल्याएको बताइए पनि त्यसको आदेश जिल्लामा अझै आइ नसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।

आफुहरु गृह मन्त्रालयका मातहत रहेको भन्दै उहाँले गृहबाट आधिकारीक जानकारी नआउँदासम्म अरुले के भन्छन त्यो सरोकार नरहने प्रजिअ पौडेलले बताउनुभयो । आदेश आउँदा वित्तिकै जिल्लामा लागु गर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुसहित नेपालमा चार जिल्लामा कोरोना संक्रमित दुई सय भन्दा बढी पुगेको भन्दै सम्भावित जोखिम कम गर्न लकडाउनलाई अझ कडा बनाउनुपर्ने नीति बनाएको जनाइएको छ ।

No photo description available.
No photo description available.

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ४१ बजे