५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमै धेरै क्वारेनटाइनमा बस्नेहरु वाणगंगामा, कृष्णनगरमा भने जम्मा एकजना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा क्वारेनटाइनमा बस्नेहरु ह्वात्तै घटेका छन् । एक महिना अगाडीसम्म जिल्लाका क्वारेनटाइनमा १५ हजारको हारहारीमा मानिसहरु रहेपनि आइतबार साँझसम्म १ हजार ५५ जना मात्र रहेका छन् ।

कुनै समय वाणगंगामा जिल्लामै सबैभन्दा कम क्वारेनटाइनमा बस्नेहरुको संख्या रहेको थियो भने कोरोनाको पछिल्लो चरणमा क्वारेनटाइनमा बस्नेहरु अन्य नगरपालिका भन्दा माथि छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामै सबैभन्दा बढी वाणगंगामा २ सय १८ जना क्वारेनटाइनमा रहेका छन् ।

क्वारेनटाइन बेडहरुको तथ्याङ्क विश्लेषण गर्दा पनि वाणगंगामा सबैभन्दा कम ५ सय बेड रहेका छन् । जवकी १५ सय बेड रहेको यशोधरा गाउँपालिकामा अहिले १६ जना मात्र क्वारेनटाइनमा रहेका छन् ।

वाणगंगामा क्वारेनटाइनमा बस्नेहरु धेरै भैरहदा यहाँ डिस्चार्ज हुने क्रम बढेन या स्वाब संकलन गर्न ढिला भयो यो भने नगरपालिकाले जानकारी गराएको छैन । यद्यपि स्वास्थ्य कार्यायलले दिएको जानकारी अनुसार वाणगंगामा १९ जना मात्र कोरोना रिपोर्टको प्रतिक्षामा छन् ।

वाणगंगा नगरपालिकामा अहिलेसम्म ४ सय ८७ जनाको पीसीआर विधिबाट कोरोना जाँच भएको छ । यसमा २२ जनाको पोजेटिभ र ४ सय ४५ जनाको नेगेटिभ रिपोर्ट आएको छ । यता वाणगंगाले आरडिटी विधिबाट जम्मा ३ सय ३९ जनाको जाँच गरेको छ । जसमा ३ सय ३१ जनाको नेगेटिभ र ८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

यता जिल्लाका नौ स्थानीय तहका क्वारेनटाइनमध्ये बुद्धभूमि नगरपालिकामा २ सय २ जना, विजयनगर गाउँपालिकामा १ सय ७३ जना, महाराजगञ्ज नगरपालिकामा १ सय ४४ जना, कपिलवस्तु नगरपालिकामा १ सय ३१ जना, शिवराज नगरपालिकाम ६५ जना रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिकामा ५७ जना, शुद्धोधन गाउँपालिकामा ४८ जना, यशोधरा गाउँपालिकामा १६ जना क्वारेनटाइनमा रहेका छन् भने कृष्णनगर नगरपालिकामा एक जना मात्र क्वारेनटाइनमा रहेका छन् । १४ सय क्वारेनटाइन बेड रहेको कृष्णनगरमा अब एक जनाको मात्र कोरोना जाँच गर्न बाँकी रहेको छ भने रिपोर्ट आउँन पनि कसैको छैन् । कृष्णनगरमा ७१ जनामा मात्र कोरोना देखिएको छ ।

कपिलवस्तुमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ८ : २० बजे