१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

श्रम बैंक स्थापना गरी बेरोजगारलाई रोजगारी दिएका छौंः मेयर पाण्डे



मायादेवी अनलाइन, चार नम्बर ।
तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आर्थिक बर्ष २०७७/०७८ को बजेटको प्राथमिकतामा रोजगारको क्षेत्रलाई राखेको बताउनुभएको छ । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट रोजगारी गुमाएर आउनेलाई रोजगारी दिनु स्थानीय सरकारको कर्तव्य भएको भन्दै यस बर्षको बजेटमा रोजगारलाई प्राथमिकता दिएको बताउनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम बजेट बहसमा आइतबार बोल्दै उहाँले नगरपालिकाले बेरोजगारका लागि खाद्यान्न, माछामासु र अण्डा उत्पादनको क्षेत्रमा रोजगारी दिने तयारी गरेको बताउनुभयो ।

रोजगारी गुमाएर खाना नपाउने अवस्थामा रहेका नागरिकहरुलाई राज्यको तर्फबाट रोजगारी सिर्जना गर्ने कुरा महत्वपूर्ण ठानेर यसैमा बजेट केन्द्रित गराएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

तुल्सीपुर उपमहानगरपालिकाले रोजगारी प्रदानका लागि श्रम बैंक स्थापना गरेको र श्रम बैंकमा सुचिकृत हुने नागरिकहरुलाई रोजगारी प्रदान गरेको बताउनुभयो । रोजगारी दिने काम लकडाउनबाटै भएको भन्दै यसलाई निरन्तरता आगामी बजेटमा पनि हुने जनाउनुभयो ।

साथै उहाँले आगामी बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

उक्त कार्यक्रममा कोरोना केन्द्रित कुराकानी गर्दै उहाँले विगतमा जस्तो कोरोनाको त्रास अहिले नभएको बताउनुभएको छ । विगतमा कोरोनाको त्रासले जनता भयवित बनेको प्रसंग कोट्याउँदै उहाँले अहिले त्यो स्थिति सामान्यमा आएको बताउनुभयो ।

१४ दिन क्वारेनटाइन तथा आइसोलेसनमा बसेका नागरिकलाई कोरोनाको कुनै लक्षण नदेखिए जाँच विनै घर पठाउन सकिने स्वास्थ्य निर्देशिका जारी भएर जनतामा विभिन्न त्रास पैदा भएको बेला यो निर्देशिका सत्य रहेको उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै यो कुराको प्रमाणित गरेकाले नै निर्देशिका जारी भएको भन्दै अनाश्यक डर मान्न नपर्ने बताउनुभयो ।

बाँकी अन्तर्वार्ताका लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  १० : २७ बजे