५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा कोरोना संक्रमित ६ सय ४६ पुगे, वाणगंगा र विजयनगरमा थपिए १२ जना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित ६ सय ४६ पुगेका छन् । सोमबार वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा गरी १२ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ६ सय ४६ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको नमुना परिक्षण गर्दा जिल्लाका १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

सोमबार संक्रमण देखिएका मध्ये ९ जना वाणगंगा नगरपालिकाका रहेका छन् । उनीहरु नगरपालिकाको वडा नं. २ का २० बर्षीय पुरुष, वडा नं. ३ का २२ र २४ बर्षीय पुरुष, वडा नं. ४ का ४० र ४१ बर्षीय पुरुष, वडा नं. १० का १९, २५ र ३५ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ११ का २१ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

सोमबार नै विजयनगर गाउँपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका वडा नं. १ का २१ र २९ बर्षीय पुरुष र वडा नं. ३ का २६ बर्षीय एक पुरुषमा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  १२ : ४९ बजे